कक्षा १२ को नतीजा साउन भित्रै

कक्षा १२ को नतीजा साउन भित्रै

काठमान्डौ साउन २३ , उच्च माध्यमिक शिक्षा परीषद्‌बाट राष्ट्रिय परीक्षा बोर्डमा परीवर्तन भएसगैँ राष्ट्रिय परीक्षा बोर्डले २०७३ सालको  कक्षा १२ को नतीजा गत वर्ष हरु भन्दा छिटै निकाल्ने तयारी गरेको छ।

‘विज्ञान संकायको नतिजा यही साउनको अन्तिममा तथा अन्य संकायको भदौ १५ भित्रै नतिजा सार्वजनीक गर्ने तयारी भइरहेको छ, कुनै प्राविधिक समस्या नभएमा नतिजा भनेकै समयमा सार्वजनीक हुन्छ,’ राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले भने।

गत वर्ष भदौ ११ गते विज्ञान संकायको नतिजा सार्वजनीक भएको थियो।  एस.एल.सी. को नतीजा ग्रेडिङ प्रणलीबाट सार्वजनीक भए पनि कक्षा १२ को नतिजा भने गत वर्षहरूझैँ नम्बर प्रणालीबाटै हुनेछ। वैशाख २० गतेबाट सुरु भएको कक्षा १२ को परीक्षा बैशाख ३१ सम्म चलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्