जुनियर जेसीज “स्पीक आउट” कार्यक्रमको प्रि-फाईनल राउण्ड सम्पन्न

जुनियर जेसीज “स्पीक आउट” कार्यक्रमको प्रि-फाईनल राउण्ड सम्पन्न

बिराटनगर साउन २३ , विराटनगर जुनियर जेसीज विराटनगरले आफ्ना ५० जना भन्दा वढी सदस्यहरुको वोल्ने कला वृद्धिको उदेश्यले गरिएको "स्पिक आउट" नामक भाषण प्रतियोगीताको दोस्रो तथा प्रि-फाईनल राउण्ड शनिवार सम्पन्न भएको छ। तिन चरणमा गरिने सो प्रतियोगीताको पहिलो चरण गत असार १८ सम्पन्न भएको थियो कुल ४० जना प्रतियोगी बाट उत्कृष्ट २० जना छनौट गरि उनिहरु वीच शनिवार दोस्रो चरण गरिएको थियो भने, सो चरण वाट उत्कृष्ट( ७ ) सात जनामा क्रमश : मिनिशा दाहाल, विपना गिरी , अशिष्ता बस्नेत , जास्मिन आचार्य , अमित यादव , नम्रता आचार्य तथा प्रंशसा पौडेल छनौट भएका छन।

कार्यक्रममा वि.एफ.एमको तर्फबाट उत्कृष्ठ सातलाई कार्यक्रम संचालन सम्वन्धी तालीम दिईने जानकारी वि. एफ. एम विराटनगरका स्टेशन मेनेजर तथा वि. जुनियर जेसीजको संस्थापकको अध्यक्ष सन्देश दास श्रेष्ठले दिनुभएको थियो भने सो कार्यक्रममा निशा दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको जानकारी विराटनगर जुनियर जेसीज जनसम्पर्क अधिकारी प्रवेश दुलालले दिनु भयो। प्रतियोगीताको अन्तिम तथा फाईनल चरण आगामी शनिवार उत्कृष्ट सात बीच बाट पुन फरक शीर्षक दिई सात उत्कृष्ट जुनियर जेसीजबाट फाईनल प्रतियोगीता घोषणा गरिने भएको छ। विजेतालाई ट्रफी लगायतबाट पुरस्कृत गरिने छ ।सो कार्यक्रम मा देवेश प्रधान प्रमुख निर्णायक तथा उज्जवल खरेल निर्णायकको भुमिकामा रहनु भएको जानकारी जु. जेसी अभिनास थापाले दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्