विराटनगर उपमहानगरपालिकाले वृद्धि गरेको कर नघटाए नगरवासीले सशक्त आन्दोलन गर्ने

विराटनगर उपमहानगरपालिकाले वृद्धि गरेको कर नघटाए नगरवासीले सशक्त आन्दोलन गर्ने

विराटनगर साउन २४ ,  यसै आर्थिक वर्षदेखि विराटनगर उपमहानगरपालिकाले घरजग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको  कर नघटाए नगरवासीले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । करको विरोधमा नेपाली काँग्रेसको अगुवाईमा आइतबार नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै निर्णयमा पुर्नविचार नगरे आन्दोलन गर्ने चेतावनी दिइएको हो ।  विराटनगर उपमहानगरपालिकाले नगरवासीलाई धेरै कुरामा सुबिधा दिन नसक्ने तर कर भने चार गुणा बढाएको छ आरोप छ  ।  विराटनगर उपमहानगरपालिकाले दश धुर जग्गामा एकतले पिलर हालेको घरको बढीमा रु ४०० सम्म कर तिरेका नगरवासीले यही साउनदेखि अब दुई हजारसम्म कर तिर्नुपर्ने भएको छ । विराटनगर उपमहानगरका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले मागको विषयमा पुर्नविचार गर्ने/नगर्ने भन्ने टुंगो नभएको बताउँदै समय सापेक्ष रुपमा कर बढाइएको बताए । घरको मूल्याङ्कन गर्दा सुरुको अङ्क ६३५ ले गणना गरी दशमलव ५ प्रतिशतले गुणा गरिन्थ्यो ।

अहिले सुरुकै अङ्क बढाएर एक हजार ५०० पुर्याएको छ र एक हजार ५०० लाई एक प्रतिशतले गुणा गरेर दस्तुर लिने गरेको वित्तीय व्यवस्थापन शाखाले जनाएको छ । तथ्याङ्कअनुसार विराटनगरमा २० हजार ५०० को हाराहारीमा करदाता छन् । जसमा ठूला करदाता २००को सङ्ख्यामा पनि छैनन् । यसको प्रत्यक्ष मार अन्ततः साना करदातालाई नै पर्ने देखिन्छ । गत आर्थिक बर्षमा घरजग्गा करबाट नगरपालिकाले रु सात करोड ५० लाख उठाउने लक्ष्य लिएकामा रु आठ करोड २० लाख सङ्कलन गरेको थियो । चालु आवमा लक्ष्य रु आठ करोड ७० लाख रहेकामा घरजग्गा करको यो उच्च वृद्धिसँगै रु १५ करोड सङ्कलन हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्