बिराटनगरमा राखिएको ट्याङकरबाट पेट्रोल चोर्ने पक्राउ

बिराटनगरमा राखिएको ट्याङकरबाट पेट्रोल चोर्ने पक्राउ

बिराटनगर साउन २५ , बिराटनगरमा राखिएको ना ४ ख ५६३२ नम्बरको ट्याङकरबाट पेट्रोल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर ४ का रोशन राय, नबिन शर्मा , सुनसरीका प्रकाश राय र बुधनारायण चौधरी रहेका छन । सो ट्याङकारलाई शर्मा र रायाले सुनसरीको चिमडि लगेर सिल फुटाइ करिब १ हजार पाँच सय पेट्रोल बिक्री गरि आइतबार उक्त ट्याङकर बिराटनगर- ५ स्थित धिताल पेट्रोल पम्प छेउ छाडेका थिए । ट्याङकरबाट चोरी गरिएको पेट्रोल बिक्री गर्न राखेको क्रममा प्रकाश  राया र बुधनारायण चौधरीको पसलबाट कुल १८०० लिटर पेट्रोल प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका चार जनालाई चोरी अन्तर्गत मुद्दा चलाइ थप अनुशासन भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्