नेपाल विद्यार्थी संघ नेविसंघको ११ औँ महाधिवेसनको बन्दसत्र मंगलबार सुरु गर्न बताएपनि विवाद नमिल्दा अन्यौल बढेको छ ।
सोमबार नै हुने भनिएको बन्दसत्र प्रतिनिधि विवाद मिल्न नसकेपछि मंगलबारसम्मका लागि स्थगित गरिएको थियो । ११ जिल्लामा देखिएको प्रतिनिधि विवाद रातभरीमा मिलाउने भन्दै मंगलबारसम्मका लागि बन्द सत्र स्थगित गरिएको हो । तर पार्टी नेतृत्वले समेत प्रयास गरेपनि अझै विवादको छिनोफानो भएको छैन ।