बिराटनगरबाट लागूऔषधसहित एक पक्राउ

<span class='c1'>बिराटनगरबाट लागूऔषधसहित</span> <span class='c2'>एक पक्राउ</span>

मोरङ, साउन २५

मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाट नजिकैबाट सोमबार प्रहरीले लागूऔषधसहित एकजानालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेल्टार-११ बर्खेटोल बस्ने २१ बर्षिय सुशिल राईलाई रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गर्दा उनलाई साँझ ५;४५ बजे पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट लागूऔषध एभिल २ एम्पुल, लपिजेसीक २० एम्पुल, डाईजोपाम २० एम्पुल, फेरानगन २० एम्पुल, र नाईट्रोसन २० ट्याबलेट बरामद गरेको छ। लागुऔषध सहित पक्राउ परेका राइलाई सिमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्