अपहरीत बालिकाको प्रहरीद्वारा सकुशल उद्दार

अपहरीत बालिकाको प्रहरीद्वारा सकुशल उद्दार

विराटनगर, साउन २४

भारत बिहारस्थित कटिहार जिल्लाको कुर्सिला बस्ने ६ वर्षिया छवि भन्ने स्पर्श अग्रवाललाई पूर्व क्षेत्रीय अनुसन्धान समुहको सकृयतामा सकुशल अपहरण मुक्त गराईएको छ।

बिहारको कटिहारस्थित एनबिआर स्कुलमा केजीमा अध्ययनरत ती बालिका बिहारमा पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकी छोरी हुन्।

बालिकालाई मिति २०७३।४।१९ गते अज्ञात समुहले सुनसरी जिल्लाको कप्तानगंजबाट अपहरण गरी नेपालकै कुनै स्थानमा बन्धक बनाई लुकाई राखेको छ भन्ने सुचना प्राप्त भएको आधारमा क्षेत्रीय अनुसन्धान समुह (RIT), जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय ईटहरीको सँयुक्त प्रहरी टोलीले सोमबार विहान मोरङको पथरी-शनिश्चरेबाट अपहरण मुक्त गर्न सफल भएको हो।

घटनाको जानकारी पाउनासाथ प्रहरीले १८ घण्टासम्म विभिन्न स्थानमा सर्च अप्रेशन संचालन गरेको थियो।

सोही क्रमममा बालिकालाई प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित रिता साहको घरमा बन्धक बनाई राखिएको अवस्थामा फेला पारेको हो।

प्रहरीले अपहरणमा संलग्न मध्येका सुनसरी ईनरुवा नगरपालिका ५ बस्ने ४४ वर्षिय दिनेश गुप्तालाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। गुप्ताको साथबाट Lenovo laptop एक थान, सामसुङ ग्यालेक्सी J7 मोवाईल एक थान तथा नेपाली नम्बरका चार र भारतीय एयरटेल कम्पनीको एउटा सिमकार्ड बरामद गरेको छ।

बालिकालाई आजै अभिवावकको जिम्मा लगाइएको छ भने घटनाबारे प्रहरीबाट थप अनुसन्धान कार्य भइहरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्