कक्षा १२ काे विज्ञानमा विराटनगरकाे नतिजा सन्ताेषजनक

<span class='c1'>कक्षा १२ काे विज्ञानमा</span> <span class='c2'>विराटनगरकाे नतिजा सन्ताेषजनक</span>

विराटनगर, २४ साउन | कक्षा १२ को विज्ञान संकायको परीक्षामा विराटनगरका निजी कलेजले सन्तोषजनक नतिजा ल्याएका छन् ।
आइतबार साझ प्रकाशित भएको परीक्षामा नगर क्षेत्रमा एक दर्जनको संख्यामा रहेकोे कलेजबाट सन्तोषजनक नतिजा ल्याएको सम्बन्धित कलेजले जनाएको छ ।
विराटनगरमा रहेको अरनिको कलेजले ९४ दशवलप ८ प्रतिसत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजक प्रिन्सिपल राजेस कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षा दिएको मध्धे एक सय ३ जनाले विशिट श्रेणीमा विद्यार्थी उत्तिण भएको बताउनुभयो । कलेजका छात्र तर्फ दिनेश खतिवडाले ८५ दशवलप ८ प्रतिशत ल्याएर कलेज टपर भएका छन् भने छात्रा तर्फ आकृती गुरङले ८५ दशवलप ८ प्रतिशत ल्याएर कलेज टपर भएको कलेजले जनाएको छ ।
त्यसैगरी विराटनगरमा रहेको शिक्षादीप कलेजले ९५ दशवलप ६ प्रतिसत विद्यार्थी उतिर्ण सफल भएको कलेजका विज्ञानतर्फको कोरिनेटर बसन्त कुमार बस्नेतलले बताउनुभयो । कलेजबाट वज्ञान संकायमा ४ सय ३७ जनाले दिएको परीक्षामा १ सय १७ जना विद्यार्थीले ७० प्रतिशत भन्दाबढी अंक ल्याएर उत्तिर्ण भएको कलेजले जनाएको छ । कलेजका असुतोस कस्यतले ८६ दशवलप ४ प्रतिशत ल्याएर कलेज प्रथम भएको कलेजले जनाएको छ ।
त्यस्तैगरि विराटनगरमै रहेको अर्किड कलेजबाट एक सय ९७ जना विद्यार्थीले परीक्षा दिएको ३५ जनाले विशिष्ट श्रेणी ल्याएको कलेजले जनाएको छ । कलेजका सोबिन पन्तले ८३ दशवलप २ प्रतिशत ल्याएर कलेज टपर भएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलले बताउनुभयो । त्यस्तै विराटनगरमा रहेको ग्रिनलेण्ड कलेजले ९० दशवलप ६८ प्रतिशत नतिजा ल्याएको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताउनुभयो । उहाँका अनुसार ३३ जनाले विशिष्ट श्रेणीमा उत्तिण भएको जानकारी दिनुभयो । कलेजका छात्रा तर्फ बिमलेज कुमार झाले ८३ दशवलप ८ प्रतिशत ल्याएर कलेज टपर भ एभने छात्रा तर्फ स्मृती बरालले ८२ दशवलप ८ प्रतिशत ल्याएर कलेज टप भएका भएको कलेजले जनाएको छ ।
त्यस्तै विराटनगरमा रहेको लर्डबुद्ध कलेजले ८५ प्रतिशत विद्यार्थी उत्तिण गराउन सफल भएका कलेजका सञ्चालक इशान राईले जानकारी दिनुभयो । उहाँका अनुसार २५ जनाले विशिष्ट श्रेणीमा उत्तिर्ण भएको बताउनुभयो । कलेजका रोसन यादबले ८३ दशवलप २ प्रतिशत ल्याएर कलेज टपर भएको जनाएको छ । त्यस्तै विराटनगरमै रहेको एभरेष्ट उच्च मावि, कान्तिपुर लगायत विभिन्न कलेजले समेत राम्रो नजिता ल्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्