बिराटनगर साउन २७ , बिराटनगर-७ सरोचियामा लावारिस अवस्थामा नवजात शिशु फेला परेको छ । सरोचियाको झर्ना चोकको नहरको डिलमा अचेल अवस्थामा शिशु फेला परेको हो । प्रहरीले शिशुको उद्दार पछि बिराटनगर स्थित कोशी अञ्चल अस्पताल लगेको थियो । शिशु अन्दाजी ७ देखि ८ महिनाको रहेको अस्पतालले बताएको छ। शिशुलाई कस्ले किन फ्यालेको हो भन्ने विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।