बिराटनगर साउन २७ , बिराटनगरमा भाइरलका बिमारी बढका छन । यहाँका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिमारीको चाप रहेको छ । बिराटनगरका कोशी अस्पताल , नोबेल अस्पताल , बिराट अस्पताल लगायतका अस्पतालमा भाइरल ज्वरोका बिमारी बढेका छन । बिराटनगर, धनकुटा , झापा लगायतका ठाउँबाट बिरामी आउने गरेको अस्पताल प्रशासनले बताएको छ । दैनिक ६०-७० बिमारी अस्पताल भाइरल ज्वरोका कारण आउने गरेका छन । मौसम परिवर्तन र विभिन्न ठाउँमा बाढी संगै बिमारी बढेको अस्पतालले बताएको छ ।