फोर्स गाडीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

<span class='c1'>फोर्स गाडीको अन्तरक्रिया</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

बिराटनगर साउन २८ , फोर्स गाडीको बिक्रेता के आर अटोमोबाइल्सले सरोकारवालालाई समावेश गराएर विराटनगरमा अन्र्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

के आर अटोमोबाइल्स प्रालि र प्राइम अटो टेक प्रालि काठमाण्डौको आयोजनामा विराटनगरमा सम्पन्न भएको अन्र्तरक्रियामा गाडी र पर्यटन ब्यवसायी,उपभोक्ता तथा आयातकर्ता कम्पनीका प्रतिनिधिलाई समावेश गराइएको थियो । कार्यक्रमकाबीच फोर्स गाडीको बिशेषता र उत्पादक कम्पनीको सम्पुर्ण परिचय गराइएको थियो । सो अवसरमा बोल्दै के आर अटोमोबाइल्सका अध्यक्ष खगेन्द्र सिटौलाले केहि दिन अघिबाटमात्र विराटनगरमा बिक्रीमा ल्याइएको फोर्स मोटरका उत्पादहरुले उपभोक्तामाझ लोकप्रीय हुंदै गएको बताउनुभयो । पर्यटन ब्यवसायी भविशकुमार श्रेष्ठले पहाडि भुबनोट भएको नेपालकालागि फोर्स कम्पनीका विभिन्न मोडलका गाडीहरु उपयुक्त रहेको बताउनुभयो । यातायात ब्यवसायी पुष्पधन शाक्य र उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले फोर्स मोटरका गाडीहरु प्राबिधिकरुपले सफल रहेको बताउनुभयो । के आर अटोमोबाइल्सका निर्देशक रेबतबहादुर कार्कीले फोर्स मोटरका विभिन्न मोडलका गाडीहरु टर्बो र सीआरडीआई दुवै प्रबिधिमा उपलब्ध रहेको जानकारी दिनुभयो । कार्यक्रममा उद्योग संगठनका बरिष्ठ उपाध्यक्ष भीम घिमिरे,मकालु टेलिभिजनका अध्यक्ष दिनेश सुवेदी,यातायात ब्यवस्था कार्यालयका कुमार कोइराला लगायतको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्