म्याजिक विराट फुटसल कपमा दाेश्राे दिनकाे ४ खेल सकियाे

<span class='c1'>म्याजिक विराट फुटसल कपमा दाेश्राे</span> <span class='c2'>दिनकाे ४ खेल सकियाे</span>

विराटनगर, २९ साउन ।
म्याजिक विराट फुटसल कप अन्तर्गत शनिवार भएकाे खेलमा भेलाेसिटि नेपाल, प्राइम कमर्सियल बैंक , विराटनगर अाँखा अस्पताल र सनराइज बैंक बिजयी भएकाे छ । टुर्नामेन्टककाे दाेश्राे दिन चार खेल भएकाे थियाे । भेलाेसिटि नेपाल र भाेल्सवागन टिम बिच भएकाे पहिलाे खेल निर्धारित ४० मिनेटकाे समयमा ४-४ काे बराबरीमा टुङ्गिए पछि टाइब्रेकरबाट खेलकाे निर्णय निकालिएकाे थियाे । टाइ ब्रेकरमा भेलाेसिटिले २-० गाेलकाे अन्तरले नतिजा अाफ्नाे पक्षमा निकालेका थिए । यस खेलकाे म्यान अफ द म्याच प्रशान्त गुप्ता भएका थिए ।
IMG_3051
यसै गरि प्राइम कमर्सियल बैंक र सास्थम कलेज बिच भएकाे दाश्राे खेलमा प्राइम कमर्सियल बैंक १३-० गाेलकाे फराकिलाे गाेल अन्तरले बिजयी भएकाे थियाे । यस खेलकाे म्यान अफ दि म्याच सुजन श्रेष्ठ भएका थिए । उनले पाँच गाेल गरेका थिए।
हिजाेकाे तेश्राे खेलका रूपमा भएकाे प्रभु बैंक र विराटनगर अाँखा अस्पताल बिचकाे खेलमा विराटनगर अाँखा अस्पताल ८-३ गाेल अन्तरले बिजयी भएकाे थियाे । विराटनगर अाँखा अस्पतालका डाक्टर त्रिपेश पाण्डे उत्कृष्ठ प्रदर्शन गर्दै म्यान अफ दि म्याच घाेषित भए ।

यसका साथै हिजाेकाे अन्तिम खेलका रूपमा भएकाे चार्टर्ड एकाउन्टेन्ट एशाेसिएसनकाे टिम र सनराइज बैंक बिच भएकाे खेलमा १२-६ गाेल अन्तरले सनराइज बैंक बिजेता भयाे । यस खेलका म्यान अफ दि म्याचका रूपमा बिजेता टिमका अजित बान्तवा घाेषित भए ।

प्रतियाेगिताका बाँकि खेल अागामी शुक्रबार र शनिवार हुने खेल व्यवस्थापक सराेज लम्सालले बताएका छन् । यसै गरी हालसम्म भएकाे खेलका बिजेताहरू अागामी चरणमा प्रवेश गरेका छन् । उनीहरू मध्येबाट मकालु टेलिभिजनकाे टिम र भेलाेसिटि बिच, प्राइम कमर्सियल बैंक र विराटनगर अाँखा अस्पताल बिच अागामी भाद्र ४ गते क्वाटर फाइनलकाे खेल हुनेछ।IMG_2876

आवर विराटनगर डटनेट र विराट हिट एण्ड हेङ्ग आउटको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ टफि प्राप्त गर्नेछ । उपविजेताले नगद १० हजार रुपैयाँ रहेको आवर विराटनगर डट नेटका निर्देशक बिवेक दाहालले जानकारी दिनुभयो । प्रतियोगितामा १६ टिम रहेको छ । प्रतियाेगिताकाे मुख्य प्रायाेजक म्याजिक चप्पल र सह प्रायाेजक हाेटल हेरिसन प्यालेस रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्