बिराटनगर साउन ३० , बिराटनगरमा दक्षिण एसिया कै दोस्रो ठुलो कृष्ण जन्मअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको तयारी शुरु गरिएको छ । एसिया मै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्राका लागि समाजका यो बर्ष भदौ १० गते दिनको ३ बजे पोखरियाको राधाकृष्ण मन्दिरबाट शुरु गरिने भएको छ ।रथयात्राका लागि आयोजक समितिको गठन भईंसकेको छ भने बिभिन्न १७ वटा उप-समिति समेत निर्माण भएको छ । त्यस्तै रथलाई रङ लगाउने, झाँकी, भजन मण्डली, प्रसाद व्यवस्थापन, प्रविधि र सुरक्षा व्यवस्था लगायतका सबै कामको तयारी भईरहेको आयोजक समितिले जानकारी दिएको छ ।
आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले ब्यवस्थापनमा कमी नआउन नदिन सबै प्रयास गरिने जनाएका छन् । यस्तै समितिका सदस्य उद्योगी चम्पालाल राठीले यो बर्ष रथयात्रामा हेलिकप्टरबाट पुष्प वर्षा गराउने तयारी भईरहेको पनि जानकारी दिए ।
बिराटनगरको यस रथ यात्रामा पाँच लाख सर्वसाधारणको प्रत्यक्ष सहभागिता हुन्छ , यस रथयात्रालाई भारतको जगन्नाथपुरी पछिको ठूलो रथयात्राका रुपमा लिइन्छ ।