बिराटनगर साउन ३० , युवा दिवसको अवसर पारेर विराटनगर -४ पुस्पलाल चोकमा हाम्रो क्लब राम्रो क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संयोजक सन्तोष अाचार्य अनुसार ५४ जनाले रक्तदान गरेका थिए । ३ दिन सम्म युवा दिवस चलिरहने जानकारी आयोजकले दिएका छन् । अन्य कार्यक्रममा अामा समुहलाई फलफूल वितरण त्यस्तै १६ वर्ष भन्दा मुनिका केटाकेटीलाई खेलकुद सामाग्री वितरण गरिने कार्यक्रम रहेको आचार्यले बताए ।