बिराटनगर साउन ३० , बिराटनगरका युवाहरूको लागि अनियन फिल्मस् काठमाडौको आयोजनामा फिल्म मेकिङ कार्यशाला बिराटनगरमा सुरु भएको छ । आज एक कार्यक्रम बीच उक्त कार्यशाला सुरु गरिएको हो। बिराटनगरमा हुने उक्त कार्यशालामा ३६ जना युवा फिल्म मेकरहरु रहेका छन्। उनीहरुलाइ फिल्म मेकिङ समन्धी प्रशिक्षण दिइनेछ । प्रशिक्षण पछि ४ वटा समुहले विभिन्न सामाजिक विषयमा छोटो चलचित्र बनाउनु पर्नेछ । उक्त चलचित्रलाई तालिमको समापनमा बिराटनगरमा प्रदर्शन पनि गरिने आयोजकले बताएको छ । यस कार्यशालाको सह-आयोजकको रुपमा बिकल्प एन अल्टर्नेटिभ, मेरिल्याण्ड कलेज बिराटनगर र बिराट कलेज अफ प्रोफेस्नल स्टडिज रहेका छन । आवर बिराटनगर डट नेट यस कार्यशालाको मिडिया पार्टनरको रुपमा रहेको छ । एकाउटिलीबिटी ल्याब सस्था यस कार्यशालामा सहयोगीको भूमिकामा रहेको छ ।