विराटनगर बरगाछि स्थित लाइफ गार्ड अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । साे रक्तदान कार्यक्रमबाट २३ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रम लाइफ गार्ड अस्पताल र युथ फर ब्लडकाे सहकार्यमा अायाेजना भएकाे हाे । माेरङमा केहि समययता देखिरहेकाे रगतकाे चरम अभावका समयमा सहयाेग पुगाेस भनेर रक्तदान कार्यक्रम अायाेजना गरिएकाे अायाेजकले बताए ।