बिराटनगरको गुद्रिको ए र बी प्लटमा भुमिगत पार्किङको योजना

<span class='c1'>बिराटनगरको गुद्रिको ए र बी</span> <span class='c2'>प्लटमा भुमिगत पार्किङको योजना</span>

बिराटनगर साउन ३१ , तीन वर्ष अघि व्यावसायिक भवन बनाउने भन्दै खाली गरिएको ए र बी प्लटमा व्यावसायिक भवनको काम सुरु पनि हुन सकेन । अब भने बिराटनगर उपमहानगरपालिकाले फिरी अर्को योजना अगाडि सारेको छ । बिराटनगर उपमहानगरपालिकाले गुद्री छेउको बुधहाटमा रहेको दुबै खाली प्लटमा भूमिगत पार्किङको योजना ल्याएको छ। सहरी बिकास मन्त्रालयले योजना माग गरेपछि ए र बी प्लटमा भूमिगत पार्किङ बनाउने योजना पठाउन लागेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले बताए । यसै वर्षदेखि सहरी बिकास मन्त्रालयले पूर्वाधार बिकास अन्तर्गत उपमहानगरपालिकालाई ५० करोड उपलब्ध गराउने भएकोले योजना अघि सारिएको रेग्मीको भनाइ छ । बिराटनगर उपमहानगरपालिकाले धेरै महत्कांक्षी योजना अघि सारेपनि सफल भने हुन सकेको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्