रसुवा , झुटो विवरण पेस गरेर नागरिकता बनाउने रसुवाका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा राम्चेका मिङमार ग्लान , स्याङदुप तामाङ र दावा सिङ्गी स्याप्पा रहेका छन । उनीहरूले छोरीको उमेर बढाएर नागरिकता बनाएका थिए । उमेर नपुग्दै नागरिकता बनाएकोले पक्राउ गरिएको प्रहरीले बताएको छ।