“प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय हितमा काम गर्न सक्दैन” – मोहन बैद्य

“प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय हितमा काम गर्न सक्दैन” – मोहन बैद्य

विराटनगर भदौ १ ,  नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले विराटनगर पुगेर ,’सरकारलाई जनताको पक्षमा काम गर्न दवाव दिईन्छ नभए पुनः युद्धको विकल्प नरहेको बताएका छन् ।

सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुने आउने क्रममा विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा वैद्यले देश र जनताको पक्षमा काम गर्ने सरकार निर्माणका लागि दवाव सृजना गर्ने त्यस्तो नभए पुनः युद्धमा जाने बताए ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय हितमा काम गर्न नसक्ने टिप्पणी गरेका छन् । विदेशी शक्तिको इसारामा अहिलेको सरकार वनेकाले देश र जनताको पक्षमा यसले काम गर्न नसक्ने टिप्पणी गरे ।

वैद्यले भने, ‘कुनै सरकार परिवर्तनका लागि विदेशी शक्तिको हात रहन्छ भने यस्ता सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न सक्दैन अहिलेको गठवन्धन सरकारको अवस्था पनि उही हो यो सरकार वाट गुणात्मक कामको अपेक्षा गर्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्