साउनमा महिला तथा बालबालिकामाथि १६ घटना

साउनमा महिला तथा बालबालिकामाथि १६ घटना

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको एक अध्ययनअनुसार साउन महिनामा महिला तथा बालबालिकामाथि हिंसाका १६ वटा घटना भएका छन् ।

प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यममा आएका समाचार अध्ययन गर्ने क्रममा दुई महिलाको हत्या र एक महिलाले आत्महत्या गरेको देखिएको छ । अध्ययनअनुसार एक महिलाले हिंसाका कारण आत्महत्याको प्रयास गरेकी छिन् भने बोक्सीको आरोप तथा दाइजोका नाममा दुई÷दुईजना महिलामाथि हिंसा गरिएको थियो ।

यस्तै, बलात्कार र कुटपिटमा एक-एक महिला परेका थिए । यसैगरी, बालबालिकामाथि आठ घटना भएका थिए जसमा एक बालिकाले आत्महत्या गरेकी छिन् भने तीन बालिका बलात्कारमा परेका थिए । घरायसी विवादका कारण बाबुले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि तीन बालबालिका बिचल्लीमा परेका छन् । यसैगरी, एक बालिका यौन दुव्र्यवहारमा परेकी थिइन् ।

महिला तथा बालबालिकामाथि भएको हिंसाका घटनालाई क्षेत्रगत रुपमा हेर्दा पूर्वाञ्चलमा एक, मध्यमाञ्चलमा सात, पश्चिमाञ्चलमा तीन, मध्यपश्चिमाञ्चलमा तीन र सुदूर–पश्चिमाञ्चलमा एक देखिएको छ । उक्त अध्ययनमा गोरखापत्र, कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्ट दैनिकलाई आधार मानिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्