क्यान्सर उपचार अब विराटनगर मै सम्भव

<span class='c1'>क्यान्सर उपचार अब</span> <span class='c2'>विराटनगर मै सम्भव</span>

विराटनगर, भदौ ३, क्यान्सरको उपचारका लागि पूर्वाञ्चलवासी चितवन र काठमाडौं धाउने झन्झटबाट मुक्त भएका छन्।

कोसी अञ्चल अस्पताल विराटनगरमा क्यान्सरको (केमोथेरापी) उपचार सेवा सुरु गरेपछि पूर्वाञ्चलवासी क्यान्सरको उपचारका लागि काठमाडौं र चितवन धाउने झन्झटबाट मुक्त भएका हुन्। सेवा सुरु गरेको सात महिनामै चार सयभन्दा बढी क्यान्सरका बिरामीले क्यान्सरको उपचार पद्धति (केमोथेरापी) सेवा लिएका छन्।
सो अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रङ्गीन कठेतका अनुसार अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको चारसय क्यान्सरका बिरामीले उपचार सेवा लिएका हुन्। सो अस्पतालले सेवा सुरु गरेपछि यतीखेर दैनिक ६ देखि आठजना क्यान्सरका बिरामीले उपचार पाइरहेको कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलको भनाइ छ। अस्पतालले गतबर्ष माघदेखि केमोथेरापी उपचार सेवा सुरु गरेको थियो।
क्यान्सरको उपचारका लागि विशेषज्ञ डा. सौगात पौडेल, रङ्गीन कठेतले उपचारसेवा दिँदै आएका छन्। हाल महिलामा पाठेघरको मुखको क्यान्सर र छातीको क्यान्सरको उपचार गरेको डाक्टर कठेतको भनाइ छ।
सो अस्पतालले क्यान्सरको उपचार, केमोथेरापी, रेडिएसन, हार्मोनल थेरापी र इम्युन थेरापी पद्धतिबाट उपचार गर्दै आएको क्यान्सर विशेषज्ञ डा कठेतको भनाइ छ।
सो अस्पतालमा पूर्वाधार अभावले जटिल उपचार सम्भव नभएपनि (केमोथेरापी) क्यान्सर रोकथामको उपचारसेवा सुरु भएपछि पूर्वाञ्चलका क्यान्सर पीडितलाई सहज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोशन पोखरेलले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्