म्याजिक विराट फुटसल कप : शनिबारको खेलमा ३ टिम सेमिफाइनलमा प्रवेश

<span class='c1'>म्याजिक विराट फुटसल कप : शनिबारको</span> <span class='c2'>खेलमा ३ टिम सेमिफाइनलमा प्रवेश</span>

विराटनगर भदौ ४,
म्याजिक विराट फुटसल कप अन्तर्गत शनिबार भएको क्वाटर फाइनल खेलमा बिजयी यात्रा जारी राख्दै मनमोहन मेमोरियल पोलिटेक्निक, विराटनगर आँखा अस्पताल र मेगा बैंक सेमि फाइनलमा प्रवेश गरेको छ ।

प्राइम बैंक र विराटनगर आँखा अस्पताल बिच भएको पहिलो खेलमा ६–३ को गोल अन्तरले प्राइम बैंकलाइ हराउदै विराटनगर आँखा अस्पताल सेमि फाइनलमा प्रवेश गरेको छ । यस खेलका म्यान अफ द म्याच विराटगर आँखा अस्पतालका दिपेन्द्र उराव भए ।

यसै गरि दोश्रो खेलमा सनराइज बैंकलाइ ट्राइ ब्रेकरमा हराउदै मनमोहन पोलिटेक्निकले आफ्ना लागि सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । निर्धारित समयमा दुबै टिमले ५–५ गोलको बराबरी गरे पछि भएको ट्राइ ब्रेकरमा मनमोहनले ३–२ गोल अन्तरले सनराइजलाइ पराजित गरेको थियो । यस खेलका म्यान अफ द म्याच मनमोहनका महेश चौधरी भए । बिहिबार हुने सेमिफाइनलमा मनमोहनले मेगा बैंक सँग सेमिफाइनल खेल्ने भएको छ ।

यसै गरि तेश्रो खेलमा मेगा बैंक र एनआइसि एशियाले सेमिफाइनलमा स्थानका लागि भिडेका थिए । यस खेलमा ६–२ गोल अन्तरले एन आइसि एशिया बैंकलाइ पराजित गर्दै मेगा बैंक बिजयी भएको छ । यस खेलका म्यान अफ द म्याच मेगा बैंकका गोल किपर गौरव राज भण्डारी भए । यस खेलका बिजेताले क्वाटर फाइनलको अन्तिम खेलका रुपमा आइतबार हुने मकालु टेलिभिजन र भेलोसिटी नेपाल बिचको खेलको बिजेतासँग सेमि फाइनलमा भिड्ने आवर विराटनगरका निर्देशक विवेक दाहालले बताए ।

आवर विराटनगर डट नेट र हिट एण्ड हैंग आउटको संयुक्त आयोजनमा भइरहेको म्याजिक विराट फुटसल कपमा यस क्षेत्रका विभिन्न कर्पोरट र सरकारी कार्यालयहरुले सहभागिता जनाइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्