सहकारीका कुरा तिजका गितमा

<span class='c1'>सहकारीका कुरा</span> <span class='c2'>तिजका गितमा</span>

सुमन तिम्सिना

बिराटनगर ।
भदौ लागे सगै तिजको चहलपहल शुरु भएको छ । बिभिन्न संघ संस्था तथा समुहहरुले एक अर्कोमा रमाईलो गर्दै तिज कार्यक्रम गर्न शुरु गरिसकेका हुन् ।
बिराटनगरमा रहेको सुगम बचत तथा ऋण सहकारी संसथाले आज बिराटनगरमा आयोजना गरेको तिज बिशेष कार्यक्रममा गित गाएर रमाईलो गरेको हो । तिज कार्यक्रममा सहभारिले गरेका कार्यलाई गितको माध्यमबाट प्रसतुत गदैृ दुख सुखका कुरालाई समेत सोही अवसरमा महिलाहरुले राख्नु भएको थियो ।
बिराटनगर १५ बसपार्कमा रहेको सहकारीले हरेक बर्ष झै यस बर्ष पनि तिज कार्यक्रमको अयोजना गरेको सहकारीका अध्यक्ष खगेन्द्र निरौलाले जानकारी दिनुभयो । उहाँले तिज भन्दा अलिक पहिला नै कार्यक्रमको आयोजना गरिएपनि सबै सहकारीका सदस्य महिलाहरुलाइृ जुटाउन नसकिने र सबै एकै ठाउँमा बसेर रमाईलो गर्ने अवसरका रुपमा यो कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी बताउनुभयो । सबै सहकारीमा आबद्ध महिलाहरु आफ्नो पोसकमा ठाँटिएर आएका थिए ।
यसैबिच राष्ट्रिय सौन्दर्यकर्मी युनियनले तिज बिशेष कार्यक्रमको आयोजना गरि एक आपसमा खुसी साटासान गरेका छन् । ८४ जना महिला सदस्य रहेको युनियनले हरेक बर्ष झै यो बर्ष पनि तिज बिशेष कार्यक्रमको आयोजना गरेको युनियनकी अध्यक्ष ममता प्रधानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्