आफ्नै छोराले गरे आमाको हत्या

<span class='c1'>आफ्नै छोराले गरे</span> <span class='c2'>आमाको हत्या</span>

जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सक्ला गाविस–१ लैखमका ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जग्गासम्बन्धी विवाद भएपछि आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जानकारी दिएको छ ।

साउन २२ गते नै आमाको हत्या गरी खाडलमा गाडेको बयान खत्रीले दिएपछि घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदनसमेत दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।

शुक्रबार स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।

उहाँले प्रारम्भिक बयानका क्रममा खत्रीले जग्गासम्बन्धी विवाद हुँदा आमाको हत्या गरी खाडलमा गाडेको स्वीकारेको जानकारी दिनुभयो ।

साउन २२ गते नै आामाको हत्या गरी खाडल खनेको ठाउँमा बिरुवा रोपिएको आशङ्का प्रहरीले गरेको छ ।

आमाले गत साउन १३÷१४ गते आफ्नो नाममा जग्गा पास गरेपछि श्रीमतीको उक्साहटमा आएर आमाको हत्या गरेको बयान खत्रीले दिएको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले सूचना दिएपछि शुक्रबार साँझ खत्रीलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान गर्नका लागि जिप्रकाबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा पाँचजनाको अनुसन्धान टोली लैखमतर्फ पठाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्