प्रेम देवान
विराटनगर ५ भदौ ।
प्रत्येक वर्ष प्रदान गरिदै आएको जर्नादन मैनाली स्मृती पुरस्कारवाट विराटनगरका संचारकर्मी धर्मराज ढकाललाई आईतबार एक कार्यक्रम विच सम्मानित एंव पुरस्कृत गरिएको छ ।
आफुले पाएकोे नगद १५ हजार ५ सय ५ रुपैया कोशी अञ्चललमा उपचार खर्च तिर्न नसकेर छटपटाई रहेका विरामीलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
विगत लामो समय देखी खुटाको उपचार गराउदै आएका कटहरी २ का मोहमद जालिम खाको हाडजोर्नी उपचारको खर्च तिर्न नसकेर भौतारिरहेको बेला ढकालले सहयोग गरेका हुन् । पुरस्कृत व्याक्ती स्थानीय मकालु टेलिभिजनमा आवद्ध छन् ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले दौसला र नगद पुरस्कार सहित ढकाललाई सम्मान गर्नु भएको थियो ।
पुर्व पत्रकार रहेका स्व मैनालीको स्मृतिमा प्रत्येक वर्ष एमाले निकट पत्रकारलाई सो पुरस्कारवाट पुरस्कृत गरिदै आएको छ । सो अवसरमा सहभागी हरुले स्वर्गीय मैनालीको विषयमा चर्चा गर्नु भएको थियो ।