विराटनगर, ४ भदौ ÷ जिल्ला प्रहरी कार्यालय मोरङमा अघिल्लो आर्थिक वर्षको तुलनमा आर्थिक वर्षमा मुद्दा दर्तामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा एक सय ४० वटा मुद्दा दर्तामा कमि आएको हो ।
मोरङले प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि वार्षिक प्रगति विवरण सार्वजानिक गर्दै अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा एक हजार एक सय ११ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७२÷०७३ मा घटेर ९ सय ११ वटा मुद्दा दर्ता भएको मोरङका एसपी सन्दिपराज भण्डारीले जानकारी दिनुभयो ।
आर्थिक वर्षमा मोरङ प्रहरीमा जवरजस्ति करणिमा १६ जनालाई प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले १ सय २८ जनालाई लागुऔषधको ओसार पसारको आरोपमा आर्थिक वर्ष मुद्दा दर्ता गरेको छ ।