फेरी पेट्रोलको हाहाकार !!

<span class='c1'>फेरी पेट्रोलको</span> <span class='c2'>हाहाकार !!</span>

काठमाण्डौ भदौ ६,  करिब एक सातादेखि काठमाण्डौ उपत्यकाका अधिकांश पेट्रोल पम्पहरूबाट पेट्रोलको विक्रीवितरण हुन सकेको छैन । कुनै कुनै पेट्रोल पम्पले पेट्रोल बाँडदै गरिएको भेटिए पनि सवारी साधनको लामो लाइन हुन्छ । एक्कासी बजारमा तेलको अभाव देखिएपछि सर्वसाधारण मर्कामा परेका छन् ।

नाकाबन्दी खुलेयता फाट्टफुट्टबाहेक सवारी साधनको लाइन नहुने पेट्रोल पम्पमा अचानक किन यस्तो भयो भन्नेमा सरकारले चित्तबुझदो जवाफ दिन सकेको छैन । सरकारी निकाय र पेट्रोलियम कारोबार गर्ने व्यवसायीको धारणा फरक–फरक छ ।
आयल निगमले लगातार तीन दिन सार्वजनिक बिदालाई कारण देखाएको छ भने आपूर्ति मन्त्रालयले समस्या नै नरहेको दाबी गरेको छ । इन्धन आपूर्ति प्रणालीमा सरोकार राख्ने पेट्रोलियम ढुवानी व्यवसायी संघको तर्क भने अर्कै छ । भारतीय आयल निगम (आईओसी) ले इन्धन भण्डारण गर्ने ट्यांकी हरेक वर्ष झै यसपाली पनि सरसफाई गररहेकोले रक्सौल नाकाबाट ७० प्रतिशत मात्रै इन्धन भित्रिएको छ । यसकारण पेट्रोलियम पदार्थको अभाव देखिएको हो । त्यसमाथि थानकोट डिपोको पनि एउटा चेम्बरमा लिक भएकाले केही अभाव भएको हो । केही पम्पहरूमा पेट्रोल वितरण गरे पनि सर्वसाधारणको भीड दिनहुँ बढदै गएको छ ।
आपूर्ति मन्त्री दीपक बोहोराले दैनिक ६ सय किलोलिटर वितरण गर्ने दाबी गरे पनि निगमसँग पर्याप्त मौज्दात छैन । मुलुकभरि पेट्रोलको भण्डारण क्षमता ५ हजार १ सय ८४ किलोलिटर हो । तर निगमसँग २ हजार ५ सय ३५ किलोलिटर मात्रै मौज्दात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्