तीजको मेला हेर्न गएका दुईको हत्या

<span class='c1'>तीजको मेला हेर्न</span> <span class='c2'>गएका दुईको हत्या</span>

दाङ , दाङको गढुवा–५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेका छन् ।
गएराति खबरी नाकामा तीजको मेला हेर्न गएका राजु र कालुलाई कर्णले भरुवा बन्दुकले गोली हानेका थिए ।

दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहका अनुसार गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने अर्का घाइते राजु रोकाको उपचारका क्रममा आज सोमबार बिहानै मृत्यु भएको हो । रोकाद्वयलाई पुनले पुरानो रिसीईबीका कारण गोली हानेको एसपी सिंहले जानकारी दिनुभयो ।
रोकाद्वय मोटरसाईकल चढ्न लाग्दा साढे १० बजे मदिरा सेवन गरेका पुनले हानेको गोलीले एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोली समेत लागेको एसपी सिंहले बताउनुभयो । गोली हाल्ने कर्णबहादुर पुन भने फरार रहेका र खोजी कार्य तिब्र पारिएको दाङ प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्