आईएमईबाट झन्डै साढे पाँच लाख रुपैयाँ चोरी

<span class='c1'>आईएमईबाट झन्डै साढे पाँच</span> <span class='c2'>लाख रुपैयाँ चोरी</span>

दाङ, आईएमई  शाखा कार्यालय तुलसीपुरबाट झन्डै साढे पाँच लाख रुपैयाँ चोरी भएको छ । तुलसीपुरको मुख्य बजार वीपी चोकस्थित राप्ती मनी ट्रान्सफरबाट सोमबार बिहान १ बजे ५ लाख ३५ हजार नगद चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सीसी क्यामेराको फुटेज रेकर्ड हेर्दा बिहान १ बजे चोरले उक्त आईएमईको घर्राको ताला फोडेर ५ लाख ३५ हजार नगद चोरी गरेको सञ्चालक किरण पुनले जानकारी दिनुभयो । चोरले पैसा राखेको घर्रामात्रै फोरेर रकम चोरी गरेको पाइएको प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताउनुभयो । चोरी घटनाका बिषयमा प्रहरीले अनुुसन्धान जारी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्