विराटनगर, भाद्र ६ गते।
आइतबार साँझ परेको पानीसंगै चट्याङ पर्दा पूर्व क्षेत्रका विभिन्न जिल्लाहरुमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
चट्याङ लागेर सप्तरीको कंचनरुप-४ का ६० वर्षिय लक्मी मुखिया, भोजपुर छिनामुख ४ का राजिव श्रेष्ठ, ओखलढुङा कटुन्जे ८ की निर्माया सार्की र सोलुखुम्बु देउसा-२ का लालकुमार राईको मृत्यु भएको जानकारी प्राप्त भएको छ।
त्यस्तै चट्याङ लागेर लक्ष्मी मुखियाका अन्दाजी ८ बर्षिय नाती देवा मुखिया, भोजपुर छिनामुख ४ का प्रेम श्रेष्ठ र लाल कुमार राईकी ६ वर्षिया छोरी घाइते भएकी छिन्।
चट्याङले छिनामुख ४ का गंगा श्रेष्ठको २ भैसी, २ राँगा तथा कृष्ण बहादुर खत्रीको १ भैसीसमेत मरेका छन्।