बिराटनगर भदौ ७ , नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरले बिजुलीको पैसा नतिर्ने १६१ लाइन काटेको छ । उर्जामन्त्रीको निर्देशन अनुसार देशभरका ठुला रकम बक्यौता भएका ग्राहकको लाइन काट्ने अभियान थालेको हो । सोमबार सम्ममा सबैभन्दा धेरै बिराटनगर क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रले लाइन काटेको छन। प्राधिकरणको बक्यौता असुलीमा लापरबाही , चुहावट नियन्त्रणमा गैरजिम्मेवारीपन र कमजोर व्यवस्थापनलगायतका कारण प्राधिकरणले ठुलो घाटा खेप्दै आएको छ ।