बिराटनगर भदौ ७ , बिराटनगर उपमहानगरपालिकाले बढाएको घरजग्गा करको बिरुद्धमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी पनि उत्रिएको छ । वृद्धि भएको करको बिरोधमा बिराटनगरका सबै राजनीति दल लागिरहेका छन । माओवादीले विज्ञप्ति जारी गर्दै करको विरोध गरेको हो । बिराटनगर सेक्रेटरी गणेश निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा बढाइएको कर तत्काल घटाउन माग गरिएको छ ।