बिराटनगर भदौ ७ , यहि भदौ १० गते कृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको दिन बिराटनगरमा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइले भएको छ । रथयात्राका क्रममा मदिरा सेवनबाट अपराधीक घटना घट्न सक्ने भएका कारण मापसेमा रोक लगाइएको हो । यस वर्षको रथयात्राका क्रममा शादा पोसाक र प्रहरी पोसाकमा सहित सशस्त्र तथा सेनाको पनि प्रयोग गरिने भएको छ । यस वर्षको रथयात्रामा सुरक्षा कडा बनाइने आयोजक समितिले बताएको छ ।