लेबनानले नेपाली कामदारमाथि फेरि प्रतिबन्ध लगायो

<span class='c1'>लेबनानले नेपाली कामदारमाथि</span> <span class='c2'>फेरि प्रतिबन्ध लगायो</span>

काठमान्डौ भदौ ७ , लेबनानले नेपाली कामदारमाथि फेरि प्रतिबन्ध लगाएको छ । नेपालको श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका लागि बनाएको कार्यविधि तथा निर्देशिकामा असहमति जनाउँदै लेबनानले नेपाली कामदार लिन नसकिने जनाएको हो ।

घरेलु कामदारका लागि नेपालले बनाएको कार्यविधि आफ्नो प्रचलित कानून विपरित रहेको भन्दै लेबनानले नेपाली कामदारमाथि प्रतिबन्ध लगाएको हो । लेबनानको श्रम मन्त्रालयले नेपाली कामदारलाई अनुमति नदिइने सूचना नेपाली नियोगलाई जानकारी गराएको छ । श्रम तथा रोजगार मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाईंले लेवनानले एकतर्फि रुपमा कामदार नलिने निर्णय गरेकाले यसबारे आधिकारीक बुझेर मन्त्रालयले निर्णय गर्ने बताउनुभयो । उहाँका अनुसार श्रम मन्त्रालयलाई आधिकारिक रुपमा जानकारी आएको छैन् ।
नेपालबाट लेवनानमा विशेषगरि महिला रोजगारीका लागि जाने गरेका छन् । अहिले १० हजार नेपाली रहेकोमा झण्डै ९ हजार महिला कार्यरत छन् । सरकारले तय गरेको कार्य्विधिमा कामदार मगाउने एजेन्सी वा प्रतिनिधिले जनही हजार डलर धरौटी राख्नुपर्ने, बिमा सुरक्षा तथा अन्य सेवा–सुविधाको हकमा करार पत्रमा उल्लेख गर्नुपर्नेलगायत नियम छ । लेबनानले नेपालसँग पटक–पटक प्रतिबन्ध लगाउँदै र खोल्दै आएको छ ।
फिलिपिन्सले भने समझदारी पत्रमा हस्ताक्षर (एमओयू) नगरी आफ्ना कामदार नपठाउने भन्दै लेबनानमा आफैं श्रम अनुमति रोक्का गरेको छ । श्रीलंका र इथियोपियाले पनि श्रम सम्झौता नगरी कामदार पठाउन नसकिने भन्दै लेबनानका लागि आफैं श्रम अनुमति रोक्का गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्