सामाजिक परिचालक नियुत्ती बदर नगरे कडा आन्दोलन गर्ने

<span class='c1'>सामाजिक परिचालक नियुत्ती बदर</span> <span class='c2'>नगरे कडा आन्दोलन गर्ने</span>

प्रेम देवान
भाद्र, ७ विराटनगर ।
मोरङ्गको गोविन्दपुर गाविसले गैर आदिवासी सामाजिक परिचालक राखेकौ विरोधमा आदिवासी जनजातीले गम्भीर आपत्ती जनाएको छ ।
विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी नेपाल आदीवासी जनजाती महासंघ जिल्ला परिषद मोरंङले नियुक्ति गरिएकी ईन्दिरा संग्रौलाको नियुक्ती तत्काल वदरगर्न माग गरेको छ । स्थानिय महिला आदीवासी जनजाती तथा गाउकी वुहारीलाइ नियुक्ती गर्ने मापदण्ड हुदाहुदै मापदण्ड विपरीत नियुक्ती गरेको उनीहरुको आरोप रहेको छ
कुनै पनि गाविसको स्तरको सामाजिक परिचालक छनौट गर्दा लक्षित वर्ग भित्र पर्ने विपन्न आदिवासी,जनजाती, दलित मधेशी, मुस्लीम समुदायको व्याक्तीलाई छनौट गर्नु पर्ने भए नियम भए पनि त्यसको उलगंन गरी गैर आदिवासी संग्रौलाई नियुत्ती गरको महासंघको आरोप छ ।
आदिवासी जनजाती समन्वय परिषद गोविन्दपुर गाविसका अध्यक्ष तेजनारायण ताजपुरियालले तेह्थुमबाट भर्खरै बसारई सरी आउनुभएकी संग्रौलालाई गाविस सचिव हेम प्रसाद पोखरेल र जिविस मोरङ्गको मिलेमतो मा नियुक्ती गरेको भन्दै उत्त नियुत्तीलाई खारेज नगरे संघर्ष आन्दोरनमा उत्रने चेतवानी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाती महासघ जिल्ला सम्मन्वय परिषद् मोरङ्गका अध्यक्ष मिलन राईले आदिवासी जनजातीलाई राज्य पक्षले हरेक विषयमा वेवस्था गरेको भन्दै तत्काल नियुत्ती बदर गर्न माग गर्नुभयो ।
मासिक १० हजार तलव एक वर्षे करारका लागी गाविसले भदौ १ गते देखी सामाजिक परिचालीकामा संग्रौलालाई नियुत्ती गेरेको हो ।
गाविसले सो पदाका लागी आवेदन खोलेकोमा स्थानिय ६ जना महिलाले आवेदन दिएका थिए ।
नियुत्तीको विषयलाई लिएर गोविन्दपुरका स्थानिय आदिवासी जनजाती समुदायले ३ दिन सम्म गरेको ताला वन्दी संग्रौलालाई गाविसमा हाजिरी गर्न नदिने सहमतीमा खोलिएको ताजपुरीयाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्