विराटनगर उपमहानगरपालिकाले वृद्धि गरिएको करमा पुन विचार नगरे एमालेले आन्दोलन गर्ने

<span class='c1'>विराटनगर उपमहानगरपालिकाले वृद्धि गरिएको करमा पुन</span> <span class='c2'>विचार नगरे एमालेले आन्दोलन गर्ने</span>

प्रेम देवान
भाद्र ७ विराटनगर । विराटनगर उपमहानगरपालिकाले गरेको घर जग्गा कर वृद्धिमा पुन विचार गर्न नेकपा एमाले मोरङले ध्यानाकर्षण गराएको छ । मंगलबार उपमहानगरपालिका पुगेको एमाले मोरङ अध्यक्ष सहितको टोलीले कर घटाउन माग गर्दै ध्यानाकर्षण गराएको हो ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीसंगको भेटमा एमाले मोरङ अध्यक्ष महेश रेग्मीले वृद्धि गरिएको करमा पुन विचार नगरे आन्दोलन गर्ने चेताबनी दिए । साना करदाताको ढाड सेक्ने गरीएको र ठुला करदातालाई राहत दिने गरि अवैज्ञानीक रुपमा करको दरमा हेरफेर गरिएको उनको भनाई छ ।
कर वृद्धिमा एमाले मोरङको गम्भिर ध्यानाकर्षण भएको भन्दै साना कर दातालाई राहत हुने गरि कर घटाउन एमाले मोरङले माग गरेको छ । समाजबाद उन्मुख संविधान विपरित घर जग्गा करमा वृद्धि गरिएको भन्दै उनले सच्याउन माग गरे ।
सरकारले तोके अनुसार घर जग्गा कर वृद्धि गरिएको भन्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले स्थानिय सासन नियमावलीले तोकेको न्युनतम दर कायम गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्