बिराटनगर भदौ ८, बिराटनगरका विभिन्न सरकारी कार्यालय, अस्पताल तथा संस्थानलाई विद्युत प्राधिकरण केन्द्र बिराटनगरले विद्युत महसुस तिर्न पत्राचार गरेको छ । बिराटनगरको कोसी अञ्चल अस्पताल , बिराटनगर उपमहानगरपालिका , जिल्ला प्रशासन कार्यालय बिराटनगर लगायतलाई विद्युत महसुस तिर्न पत्राचार गरेको हो । यता बिराटनगर उपमहानगरपालिकाले भने सडक बत्तीको महसुल तिर्न आनाकानी गरिरहेको छ , नीतिगत अस्पष्टताका कारण सडक बत्तीको महसुल उठाउन नसकेको प्राधिकरणले बताएको छ । देशभर नै अहिले उर्जा मन्त्रीको आदेशमा विद्युत महसुल नबुझाउने ग्राहकको लाईन प्राधिकरणले काट्ने अभियान सञ्चालन गरेको छ ।