इटालीमा आज बिहान शक्तिशाली भूकम्प

<span class='c1'>इटालीमा आज बिहान</span> <span class='c2'>शक्तिशाली भूकम्प</span>

इटालीमा शक्तिशाली भूकम्प गएको छ । इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ ।

नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय : बिहान ३ बजेर ३६ मिनेट)जाँदा भूकम्प गएको हो । भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ । भूकम्पकको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रोममा २० सेकेण्डसम्म भवन हल्लिएका थिए । तर अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन ।

इटालीमा यसअघि सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबेला झण्डै तीन सय जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्