अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

<span class='c1'>अनलाइन जागिर लगाइदिने भन्दै</span> <span class='c2'>ठगी गर्ने पक्राउ</span>

काठमाडौँ, अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही जमुनिया– २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने प्रलोभनमा ११ जनाबाट रु १६ हजार लिई बिनातलब छ महिनासम्म काम लगाएका थिए ।
पीडितले पटकपटक तलबको माग गर्दा आलटाल गर्दै झुलाइरहेपछि उनीहरुले आफूहरु ठगिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

कलङ्कीमा इन्टरनेसनल आइटी नेपाल प्रालि नामको अफिस सञ्चालन गरी उनले विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाली ठगी गर्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्