रथ यात्रामा जादा यी कुरामा ध्यान पुर्याउनुहोस् !!

रथ यात्रामा जादा यी कुरामा ध्यान पुर्याउनुहोस् !!

बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस :

१. महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला ।

२) गोजीमा पर्स नबोक्नुहोला , धेरै पैसा , महँगो मोबाइल फोन नबोक्नु नै बुद्धिमानी हुनेछ आज ।

३) महिलाहरुलाई यौनजन्य हिंसा हुन सक्ने हुनाले धेरै भिड भएको ठाउमा नजानु नै उपयुक्त होला ।

४) साना बालबालिकालाई आफु संगै राख्नुहोला , सकेसम्म एक्लै नछोड्नुहोला ।

५) यात्राका क्रममा हल्लाको पछाडी लागेर नदौडीनुहोला , सकेसम्म सुरक्षित भएर रथको डोरी समाउनुहोला ।

६) रथयात्राका क्रममा कसैले चोरी, अपहरण , यौनजन्य हिंसा तथा अनावस्यक होहल्ला गर्न खोजेमा कृपया प्रहरीलाई सूचना दिनुहोला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्