राधाकृष्णको रथ कहाँ पुग्यो ? घर बसेरै यसरी थाहा पाउनुहोस्

राधाकृष्णको रथ कहाँ पुग्यो ? घर बसेरै यसरी थाहा पाउनुहोस्

विराटनगरमा प्रत्येक वर्ष आयोजना हुने श्री राधाकृष्णको रथयात्रा विश्वप्रख्यात रथयात्राहरु मध्ये पर्दछ । श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने यस रथयात्रालाई हेर्नका लागि नेपालबाट मात्र नभई भारतको विभिन्न स्थानबाट समेत श्रद्धालु भक्तजनहरु उपस्थित हुने गर्दछन् ।
लाखौंको उपस्थिति रहने यो अवसरमा अधिकाँशमा रथ कहाँ आईपुग्यो भन्ने जानकारी सहजै पुर्याउनका लागि यो पटक क्यान महासंघ मोरङले रथमा जिपिएस टेक्नोलोजिको प्रयोग गरेको छ । उक्त प्रविधिको प्रयोग भई रथको स्थान हेर्नका लागि महासँघले http://melo.taranga.com.np/rath लिङ्कको वेबसाईटको तयारी समेत गरेको महासंघका सचिव सुजित झाले बताउनु भयो ।

गत वर्ष महासंघको सक्रियतामा सूचना प्रविधि उपसमिति समेत बनाईएको थीयो । क्यान महासंघले मकालु टेलिभिजन, वर्ल्ड लिङ्क, मोरङ व्यापार संघ र टिविनेटको सहयोगमा रथ यात्रालाई टेलिभीजन र ईन्टरनेटमा प्रत्यक्ष प्रशारण समेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्