“हरेक काम गर्न पढाइको महत्त्व चाहिन्छ” – भबिस श्रेष्ठ

“हरेक काम गर्न पढाइको महत्त्व चाहिन्छ” – भबिस श्रेष्ठ

बिराटनगर भाद्र ११,
बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित होटल इस्टर्न स्टार कार्यकारी निर्देसक तथा नौलो ट्रावल एण्ड टुर्सका निर्देशक श्री भबिस श्रेष्ठसंग बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा श्रेष्ठले युवाहरुलाई काम गर्ने क्रममा पढाइलाई कम नआक्न सुझाब दिनुभयो । युवाहरुमा पैसा कमाउनु मात्र जीवनको उदेस्य हुन नहुने कुरा उनले बताए । साथै व्यक्तित्व बिकासको निम्ति विभिन्न सामाजिक संघ संस्था तथा क्रियाकलापमा आबद्द हुनको निम्ति पनि युवा बिद्यार्थीहरुलाई प्रेरित गरे l राजनीतिले हरेक पक्षलाइ प्रभाब पार्ने भएकोले युवाहरुले बर्तमान समयमा देशमा घटिरहेको घटना र राजनीतिप्रति चासो राख्नको निम्ति जोड दिए l नमस्कार होटलको प्रांगणमा आयोजित कार्यक्रममा ७० जना सहाभागीहरुको सहभागिता रहेको थियो l बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी, मेरिल्याण्ड कलेज बिराटनगर (बिबिए) र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्