कोशी अञ्चल अस्पतालमा मेसिन बिग्रदा समस्या

कोशी अञ्चल अस्पतालमा मेसिन बिग्रदा समस्या

बिराटनगर भदौ १२ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा रहेको रगत परिक्षण गर्ने "सिबिसि" मेसिन बिग्रेकाले सेवाग्राहीलाई समस्या परेको छ। उक्त मेसिन बिग्रेको एक महिना हुन लाग्दापनि मर्मत गर्न अस्पतालले कुनै चासो नदिएको सेवाग्राहीको गुनासो छ । अस्पतालमा उक्त मेसिन नहुदा सेवाग्राहीले अस्पताल छेउमा रहेका विभिन्न ल्याबमा रगत जचाउन बाध्य छन् । बिगतमा काम गरेको पैसा अस्पतालले प्राविधिकलाई प्रदान नगरेको हुनाले उक्त मेसिन मर्मत हुन नसकेको हो । उक्त मेसिनबाट अस्पतालले दैनिक ८० हजार संकलन गर्दै आएको थियो । अस्पताल प्रशासनले भने दुई दिनमा मेसिन मर्मत भएर संचालनमा आउने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्