बिराटनगर, भाद्र १२
मोरङको विराटनगर-२० मा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर-२० बस्ने ३० बर्षिय बिक्रम साह रहेका छन्। साहलाई शुक्रबार राती १० बजेतिर आफ्नै घरको विधुतको तार सर्ट भई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते भएका साहको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको हो।