विदेशी खादाको प्रयोगमा प्रतिबन्ध

<span class='c1'>विदेशी खादाको</span> <span class='c2'>प्रयोगमा प्रतिबन्ध</span>

काठमाडौं, भदौ १३ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशबाट आयत गरिएको खादा प्रयोगमा प्रतिबन्ध लगाएको छ । विदेशबाट खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाँ विदेशीएको र त्यसले वातावरण प्रदुषण समेत गरेको भन्दै मन्त्रालयले खादा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले विदेशी खादाको सट्टा स्वदेशी खादाको प्रयोग गर्न भनेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहसचिव घनश्याम उपाध्यायले भने, ‘विदेशी खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाँ विदेशिएको छ । त्यसले वातारण प्रदुषणमा पनि सहयोग गरेको छ । त्यसले प्रयोग नगर्न भनेका हौ ।’

मन्त्रालयले आफू अन्र्तगतका ४० वटा निकायहरुलाई कुनै पनि कार्यक्रममा विदेशबाट आयातित खादा प्रयोग नगर्न लिखित निर्देशन नै दिएकोछ । ‘स्वदेशी बस्तुको प्रयोग गर्न प्रोत्साहन मिलोस भन्ने उद्देश्यले यस्तो निर्णय गरेका हौं । मन्त्रालय अन्र्तगतका निकायलाई मात्रै यस्तो निर्देशन दिएका हौं’, उपाध्यायले भने ।

विदेशी खादाको प्रयोगमा प्रतिबन्ध लगाउँदा नेपालमा खादाको उत्पादन हुन सक्ने र ढाका तथा कटनको प्रयोग बढाउन सकिने मन्त्रालयको भनाई छ । अहिले नेपालमै प्रशस्त मात्रामा ढाका र स्वदेशी खादाको समेत उत्पादन भइरहेको तर, विदेशबाट आयात हुने खादाको कारण नेपाली उत्पादन ओझेल परेको उपाध्ययले बताए ।

नेपालमा अहिले सादा खादाको उत्पादन भइरहेको छ । तर, विदेशबाट आयात हुने रंगीन खादाका कारण नेपालमा उत्पादन हुने खादाले बजार पाएको छैन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्रिभुवन विश्वविद्यालयको एउटका कार्यक्रममा विदेशबाट आयात हुने खादालाई रोक्नुपर्ने विचार व्यक्त गरेका थिए । विदेशबाट खादा आयात हुदाँ अनावश्यक रुपमा राष्ट्रिय ढुकुटीबाट रकम विदेशीएको उनको भनाई थियो ।

अहिले सरकारी वा गैरसरकारी सबै खालका कार्यक्रममा अतिथिहरुलाई मालाको सट्टा खादा लगाएर स्वागत गर्ने प्रचलन बढेको छ । बधाई ज्ञापन गर्दा, विदेशी तथा स्वदेशी पाहुनालाई स्वागत गर्दा पनि खादाकै प्रयोग गर्ने गरिएको छ । जसले, नेपाली पहिचान ओझेलमा परेको गुनासो चौतर्फी रुपमा बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्