पूर्वमा चट्याङबाट २ को मृत्यु, ६ घाइते

<span class='c1'>पूर्वमा चट्याङबाट २ को</span> <span class='c2'>मृत्यु, ६ घाइते</span>

विराटनगर, भाद्र १३

पूर्व क्षेत्र अन्तरगत ओखलढुङा, ईलाम र सोलुखुम्बु जिल्लामा आइतबार चट्याङबाट २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ओखलढुङगा जिल्लाको रातमाटे-७ डाँडाखर्क बस्ने केदार खत्रीको १४ वर्षका छोरा सुजन खत्री र सोही ठाउँकी ७४ वर्षिया अशोधन राई रहेका छन्।

दुबैको आफ्नै घरमा बसिरहेको अवस्थामा दिउँसो ४ बजेतिर चट्याङ खस्दा घटनास्थलमै मृत्यु भएको हो।

चट्याङबाट राताटे-७ का ४५ वर्षिय भीम बहादुर खत्री, बर्ष १२ को कुमार खत्री, बर्ष ५० की सन्ध्या खत्री, र बर्ष १६ को युवराज खत्री गम्भीर घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी चट्याङबाट ईलाम सोयाङ -७ का ३२ वर्षिय नरनन्द योगी र सोलुखुम्बु नेचाबतासे ४ का विष्णु राई तथा उनका भान्जा शिवराज राई घाइते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

चट्याङका कारण विष्णु राईको घरमा बिधुत तार सर्ट भई आगलागी हुँदा अन्दाजी ६ लाख ५० हजार बराबरको क्षति भएको छ।

आगलागी इलाका प्रहरी कार्यालय नेचाबाट गएको टोलीले स्थानीयको सहयोगमा नियन्त्रण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्