एसिड हान्नेलाई जघन्य अपराधअन्तर्गत कारबाही गर्न माग

<span class='c1'>एसिड हान्नेलाई जघन्य अपराधअन्तर्गत</span> <span class='c2'>कारबाही गर्न माग</span>

काठमाडौं- एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराधअन्तर्गत कारबाही गर्ने कानुनी व्यवस्था माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जुरी नेपालको तर्फबाट अधिवक्ता शशी बस्नेतले मुलुकी ऐनमा रहेको कुटपिट महलअन्तर्गत मुद्दा दायर हुने प्रक्रिया अन्त्य गर्दै नयाँ कानुन बनाउन परमादेश जारी हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका हुन्।

रिटमा मुलुकी ऐन कुटपिट महलको ४ (क) नं. मा घा खर्चको हद तोकिएको व्यवस्था अपुरो तथा पीडितमैत्री हुन नसकेकाले पीडितलाई लाग्ने सम्पूर्ण उपचार खर्च तत्काल पीडकबाट भराउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। एसिड आक्रमणबाट अपांगता वा घाइते भएका तथा उनीहरूसँग आश्रित व्यक्तिको संरक्षण र आवासका लागि उपयुक्त कानुनी व्यवस्था गर्न पनि निवेदनमा माग गरिएको छ। एसिड आक्रमणको उद्योगलाई अपराधका रूपमा परिभाषित गर्न कुटपिट महलमा आवश्यक परिमार्जनका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका नाउँमा उपयुक्त आदेशसमेत रिटमा माग गरिएको छ।

एसिडजस्तो संवेदनशील वस्तुको बढ्दो दुरुपयोग भई लैंगिक हिंसाजन्य अपराध हुन नदिनका लागि एसिडको उत्पादन, भण्डारण, आपूर्ति, खरिद, बिक्री तथा वितरणको नियमनका लागि सम्बन्धित सबै पक्षसँग आवश्यक समन्वय र परामर्श गरी आवश्यक कानुनी तथा नियमनकारी मापदण्डको प्रबन्ध गरेर लागू गर्न आपूर्ति मन्त्रालयका नाउँमा परमादेश जारी गरी गर्न पनि निवेदनमा भनिएको छ ।

मानव शरीरमा परेमा छाला मात्र नभई हड्डीसमेत जलाउने, तत्काल उपचार नगरे प्लास्टिक सर्जरीबाट पनि उपचार सम्भव नहुने तथा आँखामा परे तत्कालै दृष्टीविहीन बनाउने जस्ता गम्भीर परिणाम निम्त्याउने भएकाले त्यसको नियमन गर्न कानुन व्यवस्था हुनुपर्ने निवेदनमा जिकिर गरिएको छ।

एसिड आक्रमणबाट पीडितलाई तत्काल उपचारका लागि प्रत्येक सरकारी अस्पतालमा निःशुल्क उपचार सुविधा उपलब्ध गराउन तथा त्यस्ता पीडितलाई तत्काल आवश्यक रकम उपलब्ध हुनेगरी आकस्मिक स्वास्थ्य कोष खडा गर्ने आदेश दिन पनि रिटमा भनिएको छ।

गत वर्ष राजधानीका तीन स्कुले छात्रामाथि एसिड आक्रमण भएको थियो। अलग्गै कानुन नहुँदा अदालतले आक्रमणकारीविरुद्ध कुटपिट वा ज्यान मार्ने अभियोगमा मुद्दा हेरेको थियो।

-नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्