वक्राहा खोलाको वाढीले रंगेली नगरपालिका र आसपासका गाविसहरु जोखिममा

वक्राहा खोलाको वाढीले रंगेली नगरपालिका र आसपासका गाविसहरु जोखिममा

बिनु तिम्सिना
वक्राहा खोलामा आएको वाढीले गरेका कटानका कारण मोरंङको रंगेली नगरपालिका र आसपासका गाविसहरु जोखिममा परेका छन् ।
कटान भएको स्थानमा रोकथाम नहुुदा रंङेली–दर्वेशा सडक खण्डको पुुल तथा आसपासका गाविसका वस्तीहरु जोखिममा परेका हुन् । साउनको पहिलोहप्ता आएको भिषणवाढीका कारण भएको कटान व्यवस्थापन नहुुदा खेतीयोग्य जमिन समेत कटानमा परेका छन । पुुलको पुुर्वपट्टी ५ सय मिटर र पश्चिम पट्टी दुुइसय मिटर कटान गरेपछी पुल जोखिममा परेको स्थानिय कमलेश मण्डलले बताउनुुभयो ।
पुुलको पुुर्वपट्टीको भागमा तटबन्ध नहुुदा करोडौ खर्च गरेर बनाएको पुुल नै जोखिममा परेको छ । साथै कटान नरोकिए गाउनै बगाउने खतरामा रहेको मण्डलको भनाई छ ।
वक्राहा खोलको कटानका कारण स्थानिय रंजना मण्डलको एक विघा जग्गा वगरमा परिणत भएको छ । उत्तरतर्फ वाट वग्ने खोला कटान संगै दक्षिणतर्फवाट बग्न थालेपछि खोलाले धान समेत बगाएर लगेको कृषक रंजना मण्डलको भनाई छ । कटानले उग्ररुप लिएपछी सो ठाउँका तिनघर विस्थापित भइ सकेका छन । खोला फर्काउन रंगेली नगरपालिकाको स्काभेटर काम गरिरहेको छ । तर खोलामा आएको पानीको वहावका कारण खोलालाइ उत्तरतर्फ फर्काउन सरिएको छैन ।
दुुइ हप्तादेखी खोला फर्काउने प्रयास भएतापनी खोला उत्तरतर्फ फर्काउन नसकिएको नेपाली कांग्रेस रंगेली नगर अध्यक्ष जगरनाथ मण्डलले बताउनुुभयो । खोला फर्काउन विचमा ड्याम समेत निमार्ण गरिएको छ । कटान रोक्न स्थानिय वासिन्दाको पहलमा वास तथा वोराको प्रयोग गरिएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्