काठमाडौँ–नागढुङ्गा सडक विस्तारमा ढिलाइ नगर्न सांसदको आग्रह

काठमाडौँ–नागढुङ्गा सडक विस्तारमा ढिलाइ नगर्न सांसदको आग्रह

काठमाडौँ,  व्यवस्थापिका–संसद्को आजको विशेष समयमा विभिन्न दलका सांसदहरूले काठमाडौँ–नागढुङ्गा सडक विस्तारको क्रम लम्बिएको, सबै भूकम्पपीडितले अझै राहत नपाएको, स्थानीय निकायको पुनःसंरचनाका विषयमा सहमति जुटाउने प्रयास नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा ९एमाले० का युवराज ज्ञवालीले काठमाडौँ–नागढुङ्गा सडकको अव्यवस्थापनका कारण यात्रु घन्टाँै जाममा पर्ने गरेको र पर्यटकसामु नेपालीले लाज मान्नुपर्ने अवस्था आएको दुःःखेसो गर्नुभयो ।

नेपाली काँग्रेसका चन्द्र भण्डारीले तराई र पहाडमा समयमा सिँचाइको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० का हरिबोल गजुरेलले सुकुम्वासी प्रमाणीकरणको काममा ढिलाइ भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का योगेन्द्र चौधरीले मन्त्रिपरिषद्मा थारु, महिला र सबै जातिको समावेशिता नभएको गुनासो गर्नुभयो ।

यसैगरी, सांसदहरु परशुराम तामाङ, नरसिंह चौधरी, अइन्द्रसुन्दर नेम्वाङ, गोपाल दहित, प्रेम सुवाल, कमलप्रसाद पङ्गेनी, आनन्दप्रसाद पौडेल, भेषकुमारी राउत, रामअयोधीप्रसाद बालाराईले मन्तव्य राख्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्