विराटनगर भदौ १५ , संसारमा बिभिन्न रोचक आविष्कारहरु भइरहेकोमा अहिले मोरङको हातीमुडामा रहेको मनमोहन पोलिटेक्नीकल कलेजका विद्यार्थीहरुले पानी माथि चल्ने साईकल बनाउन सफल भएका छन् । उक्त साइकल बाढी आईरहेको बेला उद्दर गर्न सहयोगी हुने बताएका छन् ।
मनमोहन पोलिटेक्नीकल कलेजका विद्यार्थी बर्जीत थापाको एक समुहले सो साईकल बनाएका हो ।
उक्त क्याम्पसमा अध्ययान गर्ने विद्यार्थीहरुले प्रोजेक्ट वर्क अन्तरगत प्रदर्शनी स्वरूप सो साइकल बनाएका हुन् ।
यस अघि पनि मनमोहन पोलिटेक्नीकल कलेजका विद्यार्थीहरुले यस्ता धेरै आविष्कार गरेपनि उचित ध्यान सरकारले नदिदा बिद्यार्थीहरुलाइ प्रोत्साहन पुग्न सकेको छैन ।